२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानप्रति सर्वोच्च अदालतको श्रद्धाञ्जली

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनले न्याय क्षेत्रलाई पुर्‍याएको योगदानको स्मरण गरेको छ।

प्रधान न्यायाधीशसहित न्यायाधीशहरूको सहभागितामा बसेको पूर्ण बैठकले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो। साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको जनाइएको छ।

सर्वोच्च अदालतका सहप्रवक्ता नीराजन पाण्डेद्वारा जारी विज्ञप्तिमा स्वर्गीय प्रधानलाई देवानी तथा फौजदारी कानुनका क्षेत्रमा विशेष दक्षता हासिल गरेका अनुभवी न्यायिक व्यक्तित्वका रूपमा उल्लेख गरिएको छ। विज्ञप्तिमा उनलाई निष्पक्ष, बौद्धिक तथा निष्ठावान् न्यायाधीशका रूपमा स्मरण गरिएको छ।

बैठकले न्याय र कानुन क्षेत्रको विकासमा उनले पुर्‍याएको योगदान उल्लेख गर्दै उनको निधनले राष्ट्रले एक समर्पित न्यायिक व्यक्तित्व गुमाएको निष्कर्ष निकालेको छ।

९५ वर्षको उमेरमा जेठ ६ गते निधन भएका प्रधानले विसं २०३२ भदौ २३ गते मध्यमाञ्चल क्षेत्रीय अदालतको अस्थायी न्यायाधीशका रूपमा न्यायिक सेवा सुरु गरेका थिए। त्यसपछि विसं २०४८ भदौ १४ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका उनले २०५१ पुस ५ गतेसम्म उक्त जिम्मेवारी सम्हालेका थिए।

0 Comments