२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मीनबहादुर गुरुङको भवन प्रस्ताव नलिने एमालेको निर्णय, बल्खुमै कार्यालय निर्माण गर्ने तयारी

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरुङ दम्पतीबाट प्रस्ताव गरिएको जग्गा तथा कार्यालय भवन सहयोग नलिने निर्णय गर्ने तयारी गरेको छ।

पार्टी सचिवालय बैठकमा प्रस्तुत प्रस्तावअनुसार गुरुङ दम्पतीले अनुदान स्वरूप उपलब्ध गराउने भनिएको भवन निर्माण सम्बन्धी प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने उल्लेख गरिएको छ। एमालेले अब आफ्नै पहलमा मदननगर, बल्खुस्थित क्षेत्रमा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने योजना अघि बढाउने भएको छ।

सचिवालयमा पेश गरिएको प्रस्तावमा कलंकी क्षेत्रमा भवन निर्माणको प्रस्ताव गर्ने दाताप्रति आभार व्यक्त गर्दै उक्त प्रस्ताव स्वीकार नगर्ने र बल्खुमै नयाँ कार्यालय निर्माण गर्ने निर्णय गर्न सुझाव दिइएको छ।

व्यवसायी गुरुङले उपलब्ध गराउने भनिएको भवनको शिलान्यास २०८१ असोजमा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा गुरुङ दम्पतीको उपस्थितिमा गरिएको थियो। तर त्यसपछि निर्माण प्रक्रिया अगाडि बढ्न सकेको थिएन।

यसअघि मदन-आश्रित स्मृति दिवसको अवसरमा महासचिव शंकर पोखरेल ले बल्खु क्षेत्रमा नै केन्द्रीय कार्यालय निर्माण गरिने घोषणा गरेका थिए।

व्यवसायीबाट जग्गा तथा भवन सहयोग लिने निर्णय सार्वजनिक भएपछि एमालेभित्र आन्तरिक विवाद समेत उत्पन्न भएको थियो। सो विषयमा प्रश्न उठाउने नेतृहरू विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि पार्टीले अनुशासनसम्बन्धी कारबाही गरेको थियो।

0 Comments