२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बाँदर समस्या समाधानमा अनुसन्धान आवश्यक’ : महावीर पुन

अ+ अ-

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले बाँदर आतंक नियन्त्रणका विषयमा संसदमा उठाइने आवाज मात्र पर्याप्त नहुने भन्दै दीर्घकालीन वैज्ञानिक समाधान आवश्यक रहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बिहीबार आफ्नो भनाइ राख्दै उनले आफूले करिब सात वर्षअघि देखि नै यो समस्याबारे अध्ययन र समाधान खोज्ने प्रयास गर्दै आएको भए पनि ठोस नतिजा प्राप्त हुन नसकेको उल्लेख गरे।

पुनका अनुसार बाँदरको समस्या समाधानका लागि राष्ट्रिय स्तरमा अनुसन्धान आवश्यक भए पनि यसतर्फ पर्याप्त ध्यान नपुगेको छ। उनले विगतमा राष्ट्रिय आविष्कार केन्द्रमार्फत यस विषयमा अनुसन्धानका लागि करिब ५० देखि ६० लाख रुपैयाँसम्मको प्रयास गरिएको भए पनि अपेक्षित उपलब्धि हासिल नभएको बताए।

उनले स्थानीय तहलाई समेत सहभागी गराएर प्रत्येक गाउँपालिकाबाट न्यूनतम योगदान संकलन गरी अनुसन्धान अघि बढाउन सकिने प्रस्ताव आफूले पहिले नै राखिसकेको स्मरण गराए। तर, केवल संसदीय बहस वा आवाज उठाएर मात्र समस्या समाधान नहुने उनको भनाइ थियो।

सांसद पुनले प्रविधिको विकासका दृष्टिले रकेट निर्माणजस्ता जटिल कार्य सम्भव भए पनि वन्यजन्तु नियन्त्रण, विशेष गरी बाँदर व्यवस्थापनका लागि प्रभावकारी प्रविधि विश्वमै पर्याप्त रूपमा विकास नभएको धारणा व्यक्त गरे।

उनका अनुसार यस विषयमा ठोस समाधानका लागि राज्यले बजेट विनियोजन गरी व्यवस्थित अनुसन्धान प्रक्रिया अघि बढाउनु आवश्यक छ।

0 Comments