काठमाडौँ । नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी कमल लामिछानेलाई दिइएको छ।
कम्पनीका अनुसार केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत लामिछानेलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो।
नयाँ जिम्मेवारीसँगै लामिछानेले कम्पनीको सूचना तथा सञ्चारसम्बन्धी आधिकारिक समन्वय र सार्वजनिक जानकारी प्रवाहको दायित्व सम्हाल्नेछन्।







