२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओएमएन सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

अ+ अ-

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल हाल ५० शय्याको स्वीकृत छ । विसं २०६३ मा ५० शय्याको स्वीकृत पाएको अस्पतालले त्यसपछि शय्या र जनशक्ति थपको कुनै अनुमति पाएको छैन । 

 बिरामीको चापलाई मध्यनजर गरी १४१ शय्या सञ्चालनमा छ । यसलाई २०० शय्याको बनाउने भनी अस्पतालले विसं २०८० मा सङ्गठन तथा व्यवस्थापन (ओएमएन)सर्वेक्षण पास गरिदिनका लागि प्रदेश सरकारसमक्ष पत्र पठाएको थियो । 

 उक्त ओएमएन चार वर्षपछि पुन:अस्पतालमा फिर्ता आएको अस्पतालका प्रशासन प्रमुख हुकुमबहादुर वलीले जानकारी दिए । “बिरामीको चाप धेरै छ, हामीले शय्या बढाएर सेवा दिइरहेका छौँ”, उनले भने, “चार वर्षदेखि हाम्रो ओएमएन सर्वेमा कुनै चासो नहुँदा समस्या भएको हो ।”

 अस्पताललाई रेफर सेन्टरका रूपमा स्थापित गरिएको अवस्थामा सरकारले  ओएमएन पास गर्नेतर्फ ध्यान नदिँदा अस्पताल नियमित र प्रभावकारी रूपमा सञ्चालनमा समस्या हुने गरेको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले बताए । “म पद बहाल भएको भर्खरै हो”, उनले भने, “तर, अहिले जनशक्तिको समस्या देखिएको छ, त्यसलाई समाधान गर्ने विषय मेरो जिम्मेवारीको हो, यसलाई मिलाउनतर्फ पूर्ण प्रतिबद्ध भएर लाग्नेछु ।”  

 दुई सय शय्या बनाउने उक्त सर्वेमा ५१५ जना चिकित्सक तथा कर्मचारीको प्रस्ताव गरिएको थियो । जसमा विशिष्टीकृत सेवा सुरु गर्ने गरी जनशक्ति माग गरिएको थियो । हाल अस्पतालमा ७४ जनाको मात्रै दरबन्दी रहेको अध्यक्ष लामिछानेले जानकारी दिए । जनशक्तिको कमी गर्दा बिरामीको चापलाई थेग्न निकै समस्या हुने गरेको उनले बताए ।

0 Comments