२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० दिनदेखि अवरुद्ध रहेको राष्ट्रिय परिचय पत्र सेवा पुनः सञ्चालनमा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा पुनः सञ्चालनमा ल्याएको छ। 

प्राविधिक समस्या देखिएपछि करिब १० दिनदेखि अवरुद्ध रहेको सेवा आजदेखि पुनः नियमित भएको विभागले जनाएको छ।

विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा उत्पन्न प्राविधिक गडबडीका कारण वैशाख २१ गतेदेखि सेवा प्रवाह प्रभावित भएको थियो। समस्या समाधानका लागि गरिएको मर्मत कार्य सम्पन्न भएपछि सेवा पुनः सुरु गरिएको हो।

विभागका निर्देशक कमलप्रसाद पाण्डेले प्रणालीमा देखिएको त्रुटिका कारण नयाँ इनरोलमार्फत प्राप्त हुने राष्ट्रिय परिचय नम्बर भ्यालिडेट गर्ने प्रक्रिया अस्थायी रूपमा अवरुद्ध भएको जानकारी दिए।

विभागले जारी गरेको सूचनामा उक्त प्राविधिक समस्या समाधान भइसकेको उल्लेख गर्दै सेवा पुनः सञ्चालनमा आएसँगै अब नियमित सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ।

सेवा अवरुद्ध हुँदा सेवाग्राहीले राष्ट्रिय परिचयपत्रसम्बन्धी विभिन्न कामकाजमा कठिनाइ भोग्दै आएका थिए। सेवा सुचारु भएपछि ती सबै प्रक्रिया सामान्य रूपमा अघि बढ्ने विभागले जनाएको छ।

0 Comments