काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका प्रकाश अधिकारीलाई संघीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम अधिकारीलाई सो पदमा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा बुधवार जारी विज्ञप्तिअनुसार अधिकारीलाई सो जिम्मेवारी दिइएको हो ।








