२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जनतालाई न्याय गर्न अध्यादेश ल्याउनुपरेको हो’ : गणेश पराजुली

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले जनतालाई न्याय गर्ने मनसायले सरकारले अध्यादेश ल्याउनु परेको तर्क गरेका छन् । 

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले जनतालाई न्याय गर्ने उद्देश्यले आठ वटा अध्यादेश ल्याएको र यसमा विपक्षी दलहरूले रोइलो गर्नुपर्ने कारण नभएको टिप्पणी गरे । 

विगतको ३७ वर्षमा थिलथिलो बनाएको नेपालका सबै संरचना र सेवा प्रवाहबाट दलीयकरण अन्त्य गर्न आवश्यक रहेको बताउँदै नेता पराजुलीले विगतमा दलहरूले आफ्ना कार्यकर्ता र विचौलियामार्फत जनतालाई शोषण दमन गरेको आरोप लगाए। “हुन त यी विषयमा म आज धेरै चर्चा गर्न चाहन्न तर ती नेपाली जनतालाई न्याय दिनुको सट्टामा तपाईँहरूले केसम्म गर्न भ्याउनुभयो भनेर म यस सम्मानित सदनबाट स्मरण गराउन चाहन्न, आज उहाँहरूलाई न्याय दिनु छ,” नेता पराजुलीले विपक्षी दलहरूप्रति लक्षित गर्दै भने ।

वन ऐन र खरिद ऐनमा भएका कतिपय प्रावधानका कारण विकासलाई अगाडि बढाउन नसकिएको उल्लेख गर्दै उनले त्यसमा संशोधन र सुधार गर्न सरकारले अध्यादेश ल्याउनु परेको स्पष्ट पारे। “लोकतन्त्रका लागि लडेकाहरूले व्यवस्था परिवर्तनका लागि जेलनेल भोगेकाहरूले संविधानको कुन धारा टेकेर राष्ट्रपतिलाई अध्यादेश रोक्नका लागि यहाँहरूले ज्ञापन पत्र बझाउनुभयो,” उनले भने, “कुन धरातलमा उभिएर यहाँहरू लोकतन्त्रको वकालत गर्दै हुनुहुन्छ र आज प्रतिपक्षको हैसियतमा यहाँहरूले प्रश्न राख्दै गर्दा जनताले नजिकबाट नियालेका छैनन् होला ।” 

नेता पराजुलीले विपक्षी दलहरूलाई अध्यादेशप्रति चित्त नबुझे प्रतिस्थापन विधेयकमा आफ्ना मत राख्न सकिने उल्लेख गरे । उनले भने, “सरकार निर्माण भएको एक सय दिन पनि पुगेको छैन । र सरकारले ती साँच्चै वास्तविक भूमिहीनमाथि आशा जगाएको छ, विश्वास जगाएको छ । हामी संसदीय अभ्यासमा साँच्चै नयाँ छौँ । हामीले काम गर्दै गर्दा खेरी केही कुराहरू कमजोरी भयो होला वा केही बिरायौँ होला तर हामी स्वच्छ नैतिकतासहित जनताका पक्षमा काम गर्न आएका छौँ । नेपाली जनताको सपना पूरा गर्ने प्रयासमा लागि परेका छौँ ।”

नेता पराजुलीले पछिल्लो दिनमा सम्मानित न्यायालयलाई दूषित बनाउनका लागि विभिन्न प्रयास भएकाप्रति दुःख व्यक्त गरे । उनले संसारभर न्यायाधीशहरूको आफ्नै आचारसंहिता हुने र त्यसको पालना गर्नु सम्बन्धित न्यायाधीशको कर्तव्य हुने भए पनि दलको भागबन्डामा न्यायाधीश भएकाहरूले त्यसको पालना नगरेको टिप्पणी गरे । उनले आफ्नो मर्यादा बिर्सेर व्यापारिक कार्यक्रममा सहभागी हुने र दलको भागबन्डामा न्यायाधीश बनेका व्यक्तिले सडकबाट तिहाइको सरकारलाई ललकारेकोप्रति आपत्ति जनाए । 

नेता पराजुलीले वर्तमान सरकारले सिमानामा आवतजावतलाई व्यवस्थित गर्ने प्रयास गरेकोप्रति विरोध जनाउनुको कुनै तर्क नभएको बताउँदै जनताको सहज दैनिकी र आन्तरिक बजार सुदृढीकरणका लागि उक्त प्रयास गरिएको अवगत गराए । 

0 Comments