काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता पूर्णबहादुर खड्काले हालै गरिएको केन्द्रीय सदस्य मनोनयनप्रति असन्तुष्टि जनाएका छन्।
सभापति गगन थापा ले १९ जना केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णयले पार्टीभित्रको समग्र एकता मजबुत बनाउने प्रयासमा असर पुगेको उनको धारणा छ।
खड्काका अनुसार उक्त निर्णयले संगठनात्मक एकता र सहकार्यको लक्ष्यलाई कमजोर बनाउने जोखिम देखिएको छ।
उनले काँग्रेसको विगतको राजनीतिक इतिहास स्मरण गर्दै पार्टी विभाजनका कारण ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गरे। साथै, त्यसपछि शीर्ष नेतृत्वले आत्मसमीक्षा गर्दै पार्टीलाई पुनः एकताबद्ध बनाएको उदाहरणबाट सिक्नुपर्ने आवश्यकता रहेको बताए।







