२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षले जारी गरेको प्रहरी बुलेटिनमा उल्लेख छ । 

प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर जडीबुटीस्थित सडकमा बाप्र०२-०६० प १२७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ओखलढुंगा सिद्धिचरण नगरपालिका-९ का ४३ वर्षीय भुवन गुरुङको मृत्यु भएको छ ।

सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।   

त्यसैगरी, महोत्तरीको गौशाला नगरपालिका-४ ठाकुरपोखरी नजिक सडकमा बीआर३०यु ४४९९ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ नवराजपुर बस्ने २५ वर्षीय सुवेशकुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल गौशालामा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका-१७ विवेक पट्रोलपम्पस्थित सडकमा बागमती प्रदेश०१-००६ख ६६४९ नम्बरको बसले प्रदेश२-०१-००१त १४६७ नम्बरको ट्याक्टरलाई आज बिहान ठक्कर दिँदा ट्याक्टरमा सवार सप्तरी कन्चनरूप नगरपालिका-५ का १८ वर्षीय उत्तम सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सान्विसिटी अस्पताल लविपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुवै सवारीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यसैगरी, रौतहट जिल्ला परोहा नगरपालिका–६ कोप्वास्थित सडकमा बीआर०५एएच २८७७ नम्बरको मोटरसाइकल र बा८१प ६४४८ नम्बरको मोटरसाइकल गए राति एकापसमा ठोक्किएर भएको दुर्घटनामा बीआर०५एएच २८७७ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका–३ तेजापाकड बस्ने २२ वर्षीय सुरेन्द्र पासवानको मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा८१प ६४४८ नम्बरको मोटरसाइकलमा सवारमध्ये एक जनाको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि चितवनतर्फ रिफर गरिएको छ ।

 यसैगरी, रौतहटको कटहरिया नगरपालिका–४ बहादुरपुर टोलस्थित सडकमा कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको म.प्र.०२–०३–११प ३५०८ नम्बरको मोटरसाइकलबाट लडेर फतुवा विजयपुर नगरपालिका-५ गमहरियाकी ३८ वर्षीया रिङ्कुदेवी ठाकुरको गए राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय कक्षले जारी गरेको प्रहरी बुलेटिनमा उल्लेख छ ।

0 Comments