२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंक तथा वित्तीय क्षेत्रको निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि ५.७ प्रतिशतमा सीमित

अ+ अ-

काठमाडौँ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि दर ५.७ प्रतिशतमा सीमित रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा करिब ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

गत वर्षको सोही अवधिको तुलनामा कर्जा वृद्धिदर करिब २ प्रतिशत बिन्दुले घटेको देखिएको छ। अघिल्लो आर्थिक वर्षमा सोही अवधिमा निजी क्षेत्रतर्फ कर्जा विस्तार ७.१ प्रतिशतले भएको थियो।

समग्र बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी चालु वर्ष चैत मसान्तसम्म ५८ खर्ब ९ अर्ब ६६ करोड रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ। वार्षिक आधारमा हेर्दा २०८२ चैतसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.९ प्रतिशतले वृद्धि भएको छ।

कर्जा संरचनाको विश्लेषण अनुसार गैरवित्तीय संस्थागत क्षेत्रतर्फ ६३.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवारतर्फ ३६.७ प्रतिशत कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यी अनुपात क्रमशः ६३.४ र ३६.६ प्रतिशत रहेका थिए।

बैंकिङ समूहगत रूपमा हेर्दा वाणिज्य बैंकहरूको कर्जा विस्तार ५.८ प्रतिशत, विकास बैंकहरूको ५.१ प्रतिशत र वित्त कम्पनीहरूको २.६ प्रतिशत रहेको छ।

धितो संरचनामा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणमा आधारित कर्जा १४.९ प्रतिशत पुगेको छ भने घरजग्गा धितोमा आधारित कर्जा ६३.४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी अनुपात क्रमशः १४.६ र ६५.२ प्रतिशत थिए।

क्षेत्रगत रूपमा कर्जा प्रवाह विश्लेषण गर्दा उपभोग्य क्षेत्र ११.७ प्रतिशत, निर्माण १०.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा १०.१ प्रतिशत, औद्योगिक उत्पादन ६.५ प्रतिशत, वित्त तथा बीमा ५.७ प्रतिशत र सेवा क्षेत्र ३.१ प्रतिशतले बढेको छ। तर कृषि क्षेत्रमा भने २.३ प्रतिशतले गिरावट आएको छ।

कर्जा प्रकृतिअनुसार ट्रस्ट रिसिट (आयात) कर्जा ३२ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा १३.४ प्रतिशत, हायर पर्चेज ८.५ प्रतिशत, रियल इस्टेट तथा आवासीय घर कर्जा ४.६ प्रतिशत, चालु पुँजी प्रकृतिका कर्जा ४.३ प्रतिशत, आवधिक कर्जा ३.७ प्रतिशत, क्यास क्रेडिट २.८ प्रतिशत र अधिविकर्ष कर्जा ०.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

0 Comments