२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पूर्व कर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छ’: महानिरीक्षक पौडेल

अ+ अ-

काठमाडौँ । नेपाल पूर्वसशस्त्र प्रहरी संघले आज एक समारोहकाबीच सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई आज बधाई तथा शुभकामना प्रदान गरेको छ ।

नेपाल पूर्वसशस्त्र प्रहरी संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सङ्घकोतर्फबाट बधाई तथा शुभकामना प्रदान गरेका हुन् ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपाल र पूर्वसशस्त्र प्रहरी सङ्घबीचको सम्बन्ध केबल औपचारिक मात्र नभई अनुभव र ऊर्जाको इतिहास र वर्तमान, समर्पण र निरन्तरताका सम्बन्ध रहेको बताउँदै बहालवाला सङ्गठन र पूर्वसङ्गठनबीचको सम्बन्ध जति बलियो हुन्छ सङ्गठनको संस्थागत स्मृति, क्षमता र विश्वसनियता पनि त्यति नै सुदृढ हुँदै जानेसमेत उल्लेख गरे ।

महानिरीक्षक पौडेलले भने, “आज सङ्गठनले प्राप्त गरेको प्रतिष्ठा, जनविश्वास र संस्थागत पहिचान सहजै निर्माण भएको होइन यसको पछाडि अग्रजहरूको त्याग, बलिदान, सङ्घर्ष, समर्पण र व्यावसायिकताको लामो इतिहास जोडिएको छ त्यो इतिहासलाई भविष्य निर्माणको प्रेरणाको रूपमा ग्रहण गर्नुपर्दछ ।”

उनले सङ्गठनको हित र छविसँग सम्बन्धित विषयमा पूर्वसङ्घको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिँदै सङ्गठनको हित, मनोबल र दीर्घकालीन प्रभावसँग सम्बन्धित विषयमा पूर्वसङ्घ सक्रिय हुने विश्वास व्यक्त गरे।

सोही अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले सङ्गठनमा विगतदेखि नै प्रत्येक नेतृत्वले उल्लेख्य कार्य गर्दै आइरहेको बताउँदै सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको कार्यकालमा सङ्गठनले आफ्ना विभिन्न क्षेत्रमा थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्वसशस्त्र प्रहरी सङ्घका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सङ्गठनमा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गदै यससँगै वृत्ति विकासको प्रक्रिया अघि बढ्ने बताए ।

कार्यक्रममा महानिरीक्षक पौडेललाई अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकलगायत अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । 

0 Comments