२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु

अ+ अ-

इन्डोनेसिया । इन्डोनेशियाको माउन्ट डुकोनो ज्वालामुखी शुक्रबार विस्फोटमा हुँदा तीन जना पर्वत आरोहिहरुको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेहरूमा दुई जना सिंगापुरका नागरिक र  एक जना स्थानीय रहेको जनाइएको छ । उनीहरूको शव “नो-गो जोन“ मा फेला परेको  अधिकारीहरूले बताएका छन् ।

हलमहेरा टापुमा भएको उक्त विस्फोटले लगभग १० किलोमिटर वरपरको हावामा खरानी तथा तुवालोको प्रभाव रहेको उनले बताएका छन् । 

विस्पोट हुँदा उक्त स्थानमा बीस जना पर्वतारोहीहरू रहेको उत्तरी हलमहेराका प्रहरी प्रमुख एर्लिक्सन पासारिबुले पत्रकारहरूलाई बताएका छन् । उनीहरू मध्ये नौ जना सिङ्गापुर र बाँकी इन्डोनेसियाका रहेको उल्लेख गरेका छन् ।

स्थानीय उद्धार एजेन्सीका प्रमुख इवान रामदानीका अनुसार विस्पोटको समयमा बेपत्ता भएका शुक्रबार सम्म १७ जना पर्वतारोहीहरू मध्ये सात जना जीवित फेला परेका छन् । 

मृतकहरूको सव अझै पनि घटनास्थलमा रहेको बताइएको छ । जारी विस्फोटका कारण, स्थिति अझै असुरक्षित रहेकाले उद्धार टोलीले अझै पनि खोजी कार्य सुरु गर्न सही समयको प्रतीक्षामा रहेको उनले बताएका छन् । 

विस्पोटका कारण केही पर्वतारोहीलाई चोट लागेकाले उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । 

 यस अघि सन् २०२४ डिसेम्बर देखि सेन्टर फर भोल्कानोलोजी एन्ड जियोलोजिकल हजार्ड मिटिगेसन (पिभिएमबिजी) ले वैज्ञानिकहरूले भूकम्पीय गतिविधिमा वृद्धि भएको भन्दै पर्यटक तथा पर्वतारोहीहरूलाई ज्वालामुखीको मालुपाङ वारिराङ क्र्याटरको चार किलोमिटर वरपर नआउन चेतावनी दिएको थियो ।

सरकारी भूविज्ञान विभागका प्रमुख लाना सारियाले शुक्रबारको विस्फोट पछि चर्को आवाज र माउन्ट डुकोनोको शिखरबाट १० किलोमिटर माथि उठेको खरानी र बाक्लो धुवाँ रहेको बताएका छन् । 

विस्पोटको खरानी उत्तरतर्फ बढी गएकाले यस क्षेत्रमा उच्च सतर्कता अवलम्बन गर्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।  

ज्वालामुखीको लगभग नौ किलोमिटरको  क्षेत्र भित्र कुनै पनि बस्तीहरू नरहेको बताइएको छ ।

इन्डोनेसिया, एक विशाल द्वीपसमूहको राष्ट्र हो यसका भौगोलिक स्थितिको कारण बारम्बार भूकम्पीय र ज्वालामुखी गतिविधिको सामना गर्ने गर्छ ।

प्रकोपको पुनरावृत्ति बाट बच्न पैदल यात्रीहरूलाई टाढा रहन आग्रह गरिएको छ । यो घटना पछि, पदयात्रीहरूले जान सक्ने चौकी तथा शिविरहरुको कडाईका साथ निगरानी  गरिएको र स्थिती सहज नहुँदा सम्म यात्रा अनुमति नदिने बताएको छ ।  

0 Comments