२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्बोडियामा २७ नेपाली हिरासतमा, २११ जना स्वदेश फिर्तीका लागि दूतावासको सम्पर्कमा

अ+ अ-

काठमाडौँ । कम्बोडियामा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे विवरण संकलन गर्दै थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले हालसम्म २११ जना नेपालीसँग सम्पर्क स्थापित गरेको जनाएको छ । स्वदेश फर्किने चाहना व्यक्त गर्दै उनीहरू दूतावासको सम्पर्कमा आएको सूचनामा उल्लेख छ ।

दूतावासका अनुसार अनलाइन विवरण संकलनका लागि आह्वान गरिएको फाराम भर्ने क्रममा ती व्यक्तिहरू सम्पर्कमा आएका हुन् । हालसम्म विवरण उपलब्ध गराउने २११ जनामध्ये ९ जना महिला रहेको जनाइएको छ । 

उनीहरू सन् २०२२ मेदेखि २०२६ मेसम्मको अवधिमा कम्बोडिया पुगेका देखिएको पनि दूतावासले जनाएको छ । यसैबीच, कम्बोडियाका विभिन्न कारागारमा २७ जना नेपाली विभिन्न कानुनी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको जानकारी पनि सार्वजनिक गरिएको छ । 

ती मुद्दा प्रक्रियाका क्रममा भाषा सम्बन्धी चुनौती आउन सक्ने भएकाले स्थानीय भाषा जान्ने कानुनी सहायताको आवश्यकता पर्ने दूतावासको भनाइ छ । दूतावासले थप जानकारी दिँदै २५ जना नेपाली हाल स्वदेश फर्कने क्रममा रहेको जनाएको छ ।

यात्रा व्यवस्थापनका सम्बन्धमा दूतावासले यात्रुहरूलाई कनेक्टिङ फ्लाइट भएका टिकट मात्र खरिद गर्न सुझाव दिएको छ । 

सो अनुसार टिकट नलिँदा ट्रान्जिट मुलुकको भिसा अनिवार्य हुन सक्ने, साथै सामान पुनः चेक-इन गर्नुपर्ने जस्ता प्राविधिक जटिलता आउन सक्ने भन्दै यात्रालाई सहज बनाउन यस्तो सावधानी अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै, कम्बोडिया जानुअघि केही नेपालीले २ लाखदेखि ८ लाख रुपैयाँसम्म विभिन्न व्यक्तिहरूलाई बुझाएको सूचना पनि प्राप्त भएको दूतावासले जनाएको छ ।

0 Comments