२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खिंगामा ‘धछ्याङ’ पर्वको रौनक

अ+ अ-

मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ खिंगागाउँमा शुक्रबारदेखि परम्परागत धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ सुरु भएको छ । हिउँदयामको बिदाइ तथा बर्खायामको स्वागतका लागि सोमबारसम्म चार दिन धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ चलेको छ ।

हिमाली जिल्ला मुस्ताङको जोमसोमदेखि माथिल्लो क्षेत्रमा यस प्रकारको धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ मनाउने प्रचलन छ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिकाका गुरुङ तथा विष्ट समुदायले बर्सेनि धछ्याङ पर्वलाई हर्षोल्लासका साथ मनाउने गर्छन् । 

स्थानीय भाषामा ‘ध’को शाब्दिक अर्थ धनुषवाण (तारा) र ‘छ्याङ’को शाब्दिक अर्थ झाङ अर्थात् (घरेलु पेय) पदार्थ भन्ने गरिन्छ । खिंगागाउँका मुखिया ल्हाक्पा टसी गुरुङका अनुसार पर्वमा सहभागीले घरेलु मदिरा सेवन गर्दै धनुषवाण (तारा) हान्ने खेल परम्परा भएकाले यस पर्वलाई ‘धछ्याङ’ पर्व भन्ने गरिएको बताए ।

यस वर्षको अघिल्लो हप्ता यहाँको वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गत लुप्रा र झारकोट गाउँमा धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ सम्पन्न भइसकेको छ । खिंगाका गाउँ मुखिया ल्हाक्पा टसी गुरुङका अनुसार शुक्रबारदेखि यहाँको पुराङ रानीपौवा र खिङ्गागाउँमा एकैसाथ अलग–अलग धछ्याङ पर्व भइरहेको उल्लेख गरे।

बर्सेनि मनाइने धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ केवल घरेलु पेय पदार्थ झाङ खाएर धनुषवाण खेल्नेमा मात्रै सीमित नरहेको वडाध्यक्ष प्रमेश गुरुङले उल्लेख गरे । धछ्याङ पर्व हिउँद याम सकिएर बर्खायाम सुरु भएको सूचकका रूपमा मनाउने प्रचलन रहेको उनले बताए । वसन्त ऋतुको आगमनसँगै मनाइने यस प्रकारको ‘धछ्याङ’ पर्वमा स्थानीयले विश्व शान्तिको कामना गर्दै खेतीपाती र कृषि पालन व्यवसाय राम्रो होस्, प्राकृतिक विपद्का घटना नहोस्, रोगब्याधि र अनिष्ट नहोस् भन्ने कामना गर्दै धछ्याङ पर्वमा विशेष पुजा आराधना गर्ने प्रचलन छ ।

यहाँको धार्मिक तथा सांस्कृतिक मौलिकता बोकेको परम्परागत धछ्याङ पर्व सदियौँदेखि मनाउँदै आइरहेको पाइएको छ । पर्वमा स्थानीय धर्म संस्कृति, वेशाभूषाअनुसारको पोसाक र गहना लगाएर स्थानीय पर्वमा सहभागी हुने गर्छन् । धछ्याङ र यार्तुङ पर्व मुस्ताङको पर्व मात्र नभई सांस्कृतिक धरोहरका रूपमा रहेको वडाध्यक्ष गुरुङको भनाइ छ । 

पछिल्लो समय युवापुस्ता विदेश पलायन हुने क्रम बढेकाले धार्मिक तथा सांस्कृतिक परम्परा धान्न मुस्किल परेको वडाध्यक्ष गुरुङले बताए । वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गत रहेको खिङ्गागाउँमा ३२ घरपरिवारको बसोबास छ । यहाँका स्थानीयको मुख्य आयआर्जनको स्रोत भनेकै कृषि र पशुपालन व्यवसाय हो । गाउँका केहीले होटेल व्यवसाय समेत गरेका छन् ।

खिङ्गामा बर्सेनि मनाइने धछ्याङ पर्वमा गाउँका १८ वर्षदेखि माथिका सबै स्थानीय उपस्थित हुनुपर्छ । पर्वमा सहभागी नहुनेलाई गाउँको निर्णयअनुसार जरिवानासमेत तिराइन्छ । युवादेखि ज्येष्ठ नागरिकको उल्लेख्य सहभागितामा पर्व मनाउने प्रचलन छ । पर्व अवधिभर गाउँको समाजघरमा सबै गाउँले आपसमा भेला भएर सामूहिक रूपमा पर्व मनाउने गरिन्छ । पर्वमा मीठा मीठा खानेकुरा पकाएर खाने, राम्रो लगाउने र स्थानीय भाषाको गीत गाउँदै स्याब्रो नाच नाच्ने प्रचलन रहिआएको छ ।

0 Comments