२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बल्खुमा भत्किएका संरचना प्राचीन होइनन्’: पुरातत्त्व विभाग

अ+ अ-

काठमाडौँ । काठमाडौँका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका मन्दिर तथा गुम्बा प्राचीन महत्वका नभएको पुरातत्त्व विभागले स्पष्ट पारेको छ ।

बल्खु क्षेत्रस्थित सुकुम्वासी बस्तीमा अनधिकृत संरचना हटाउने क्रममा भत्काइएका मन्दिरका संरचना नयाँ तथा निजी स्वामित्वका भएकाले विभागले संरक्षण गर्न आवश्यक नदेखिएको विभागका महानिर्देशक सौभाग्य प्रधानांग बताउँछन् । 

विभागले १०० वर्षभन्दा पुराना ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका संरचनामात्र संरक्षणमा गर्दै आएको जानकारी दिँदै उनले भने, “दशदेखि १५ वर्षअघि निर्माण भएका नयाँ वा निजी संरचनालाई विभागले संरक्षण गर्दैन । त्यो हाम्रो दायित्वभित्र पर्दैन ।” 

महानिर्देशक प्रधानांगले बल्खु क्षेत्रमा गरिएको स्थलगत अवलोकनका क्रममा भत्काइएका संरचनामा प्राचीनताको कुनै आधार नभेटिएको बताए । त्यहाँ दुई वटा मूर्ति र एउटा आकारविहीन शिला भेटिएको थियो । “सिमेन्टले ढलान गरिएको नयाँ संरचना थियो, पुरानो कुनै संरचनात्मक विशेषता देखिएन,” उनले भने, “ती मूर्ति करिब १०–१५ वर्ष पुराना हुनुपर्छ, पुरातात्त्विक महत्वका वस्तु भेटिएनन् । स्थानीय व्यक्तिले नै ती मूर्तिको स्वामित्व दाबी गरेपछि विभागले त्यसलाई आफ्नो संरक्षणमा लिएन ।”

केही समय यता बस्ती विस्तारसँगै सामाजिक एकता वा पहिचानका लागि नयाँ मन्दिर तथा धार्मिक संरचना निर्माण गर्ने चलन बढेको बताए । “विशेषगरी सुकुम्वासी बस्तीमा बनेका यस्ता संरचना धेरैजसो नयाँ छन्,” उनले भने, “कहिलेकाहीँ जमिनमा स्वामित्व दाबी मजबुत बनाउन पनि यस्ता संरचना बनाउने प्रवृत्ति देखिन्छ ।”

बागमती किनारका प्राचीन मन्दिरहरूको उदाहरण दिँदै उनले ती संरचना व्यवस्थित रूपमा निर्माण गरिएका, गुठी राखिएका र ऐतिहासिक अभिलेखसहित समाजसँग जोडिएका  बताए । “हामीले अनधिकृत बस्ती हटाउने क्रममा पनि प्राचीन महत्वका संरचना छन् वा छैनन् भनेर ध्यान दिँदै आएका छौँ,” उनले भने “बल्खुको उक्त संरचना भने विभागले संरक्षण गर्नुपर्ने श्रेणीमा पर्दैन ।”

विभागका अनुसार प्राचीन स्मारकका लागि संरचनामा ऐतिहासिकता, अभिलेख, निरन्तरता र निर्माण सामग्रीसमेत महत्त्वपूर्ण हुन्छ । पुराना इट्टा, माटो, काठ वा ढुंगाका, गुठी व्यवस्था भएका, दाताको नाम र अभिलेख रहेका संरचनालाई मात्रै प्राचीन स्मारक मानिन्छ 

0 Comments