२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र गरियो

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर सडक कालोपत्र तथा पक्की गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म ३०२ दशमलव ८४ किमी सडक कालोपत्र गरिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा २४९ दशमलव ५८ प्रतिशत सडक कालोपत्र तथा पक्की गरिएको थियो । चालु आवको चैत मसान्तभित्र ५३ दशमलव २६ किमी सडक थप निर्माण भएको हो । चालु आवमा १६१ किमी कालोपत्र, पक्की, पेभमेन्ट गर्ने लक्ष्य राखिएकामा चैत मसान्तसम्म ५३ दशमलव २६ किमीमा काम सम्पन्न भएको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका वरिष्ठ सिनियर डिभिजनल इञ्जिनियर रमेश सुवेदीले जानकारी दिए ।

हुम्लामा कुनै पनि सडक कालोपत्र नभएको उनले बताए । “कर्णालीका १० जिल्लामा ७७४ दशमलव ७१ किमी सडक ग्राभेल भएको छ । आव २०८१/८२ सम्म ७१३ दशमलव ६५ किमी ग्राभेल गरिएकामा चालु आवको चैत मसान्तसम्म ६१ दशमलव शून्य छ किमीमा ग्राभेल भएको छ । चालु आवमा १३९ दशमलव ७० किमी सडक ग्राभेल गर्ने लक्ष्य छ”, उनले भने ।

आव २०८१/८२ सम्म माटे कच्ची तीन हजार २७६ दशमलव ४४ किमी सडक निर्माण भएकामा चालु आवको नौ महिनामा ११३ दशमलव ९८ किमी थप भएको वरिष्ठ सिनियर डिभिजनल इञ्जिनियर सुवेदीले जानकारी दिए । उनका अनुसार हालसम्म तीन हजार २७६ दशमलव ४४ किमीमा ट्याक खेदिएको, अन्य सडक स्तरोन्नति, नाला निर्माण, ग्याविन, टेवा पर्खाल गरेर ७५४ दशमलव ५९ किमी सडकमा काम भएको छ ।

कहाँ कति पुल निर्माण भए ?
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले हालसम्म १५१ वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको जनाएको छ । आव २०८१/८२ मा १२५ झोलुंगे पुल निर्माण भएकामा चालु आवको नौ महिनामा २६ वटा निर्माण भएका छन् । सुर्खेतमा चार, दैलेखमा सात, रुकुम पश्चिममा एक, जाजरकोटमा एक, डोल्पामा चार, जुम्लामा चार, मुगुमा दुई र कालिकोटमा तीन वटा झोलुङ्गे पुल निर्माण भएका इञ्जिनियर सुवेदीले जानकारी दिए ।

उनका अनुसार चालु आवको हालसम्म नौ वटा सडक पुल, सात वटा सार्वजनिक भवन, जनता आवास (संघ) तर्फ ३८ वटा घर निर्माण भएका प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।

“जनता आवास प्रदेशतर्फ हालसम्म ७३६ वटा आवास निर्माण भएका छन् । चालु आवको नौ महिनामा ३० वटा निर्माण भएका छन् । विपन्नको घर कार्यक्रमअन्तर्गत हालसम्म चालु आवको हालसम्म ३२ वटा निर्माण भएका छन्”, इञ्जिनियर सुवेदीले भने

0 Comments