काठमाडौँ । भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ परेका छन् । हुम्लाका खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकायालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रोकायाकै भरुवा बन्दुक १ थान, फलामको रटको गोली १२ थान, ढुङगाको गोली ७ थान, सिल्भरको डिब्बामा रहेको धुलो जस्तो देखिने कालो रङको बारुद ११० ग्राम, शुद्ध तौल गर्दा ९० ग्राम रहेको, स्टेन लस स्टिल नाम लेखेको चक्कु एक थान लुकाई छिपाई राखेको अवस्थामा फेला परिएको हो ।
हाल उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







