२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पा जीप दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री कार्यालयले भन्यो-‘सिंगो राष्ट्रलाई शोकमग्न बनाएको छ’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रोल्पामा भएको जीप दुर्घटनाले सिंगो राष्ट्रलाई शोकमग्न बनाएको बताएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै भयावह जीप दुर्घटनामा २० जनाको ज्यान गएको घटनाप्रति समग्र राष्ट्रलाई स्तब्ध बनाएको बताएका हुन् । 

‘वैशाख १७ गते दिउँसो करिब २: ५० बजे रोल्पाको थवाङ गाउँपालिका–१, सल्यानमा २० जना नागरिकको ज्यान जाने गरी भएको जीप दुर्घटनाले सिंगो राष्ट्रलाई शोकमग्न बनाएको छ, यस हृदयविदारक दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय बासिन्दाहरूको सक्रियतामा तत्काल उद्धारलाई तीव्रता दिइएको थियो’ विज्ञप्तिमा भनिएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ। समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

सरकारले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडक दुर्घटनालाई अत्यन्त गम्भीर विषयका रूपमा लिँदै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति रोक्न आवश्यक नीतिगत तथा संरचनागत सुधार गर्ने प्रतिबद्धता जनाएको छ। सडक सुरक्षा प्रणाली सुदृढ बनाउन सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै प्रभावकारी कदम चालिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

0 Comments