२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एक घर एक धारा’ले फेरियो दैनिकी

अ+ अ-

बागलुङ । भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३ दमेकको देउराली खानीका सर्वसाधारणले लामो समयपछि सहजै खानेपानी पाएका छन् । 

गाउँमा ‘एक घर, एक धारा’ योजना सम्पन्न भएपछि स्थानीयलाई सजिलो भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग, नगरपालिकाको समन्वय र स्थानीय जनसहभागितामा देउराली खानीमा ‘एक घर, एक धारा’ योजना सम्पन्न भएको छ ।  

योजनाअन्तर्गत देउराली खानीका ३४ घरधुरी लाभान्वित भएका छन् । त्यसबाहेक विद्यालय र खोप क्लिनिक गरी ३६ वटा खानेपानीको धारा निर्माण गरिएको हो । गोर्खा वेलफेयरको रु. ३६ लाख र स्थानीयको रु नौ लाख बराबरको श्रमदान गरी कूल रु. ४५ लाख बजेटमा ‘एक घर, एक धारा’ योजना सम्पन्न गरिएको देउराली खानी माझ गाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष वेदबहादुर छन्त्यालले जानकारी दिए ।  

माझ गाउँको शिरमा रहेको छेरछेरे मूलको पानी संकलन गरेर गाउँका घर घरमा वितरण गरिएको छ । योजनाअन्तर्गत दुई हजार लिटरका दुई, चार र पाँच हजार लिटर क्षमताका दुई ट्यांकी निर्माण गरिएको छन्त्यालले बताए । योजना बनेपछि देउराली खानीमा पर्याप्त खानेपानीको व्यवस्था भएको अध्यक्ष छन्त्यालको भनाइ थियो ।  

विसं २०५३ मा कादुरी संस्थाले निर्माण गरिदिएको खानेपानी योजनाअन्तर्गत बनेका सामूहिक धाराबाट माझगाउँवासीले पानी उपभोग गर्दै आएका थिए । “योजना जीर्ण हुनु र सामूहिक धाराले उपभोक्तालाई असहज थियो, घरघरमा धारा बनेपछि पर्याप्त खानेपानी उपभोग गर्न पाएका छौँ”, समितिका सचिव जमुना छन्त्यालले भने ।

खानेपानीको स्रोत भएर पनि सहज रूपमा खानेपानी नपाउँदा समस्या झेल्दै आएका थिए । घरघरमा खानेपानी विस्तार भएसँगै स्थानीयवासी खुसी भएका छन् । आँगनमै खानेपानीको धारा निर्माण भएपछि दैनिक उपभोग गर्न र बस्तुभाउलाई खुवाउन निकै सजिलो भएको छन्त्यालले बताए । उनले भने, “सबैको घरमा चौबिसै घण्टा फिल्टर गरेको स्वच्छ खानेपानी आउन थालेपछि माझगाउँवासीलाई सुविस्ता भएको छ ।” 

जनजातिको बाक्लो बस्ती रहेको देउराली खानी अर्गानिक गाउँका रूपमा पनि परिचित छ । खानेपानी योजनालाई दिगोपना दिन नगरपालिकाले साथ दिने जैमिनीका नगरप्रमुख हरिहर शर्माले बताए । “नागरिकको दु:खमा साथ दिन स्थानीय सरकार सधैँ तत्पर छ”, योजनाको शुभारम्भ शर्माले भने, “सीमित स्रोत र साधनका बाबजुत पनि दूर दराजका जनताका न्यूनतम् आवश्यकता परिपूर्ति गर्न तयार छौँ ।”

0 Comments