२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिटौलालाई दलको नेताबाट हटाउने निर्णयप्रति मन्त्री भीम पराजुलीको असहमति, पुनर्विचारको माग

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभामा संसदीय दलको नेताको जिम्मेवारीबाट हटाउने पार्टी निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले उक्त निर्णय तत्काल पुनर्विचार गरी फिर्ता लिन नेतृत्वसँग आग्रह गरेका छन्।

पराजुलीले पार्टी नेतृत्वको कदमलाई अनुपयुक्त र संगठनको दीर्घकालीन हित विपरीत भएको टिप्पणी गरेका छन्। उनका अनुसार सिटौलाजस्तो अनुभवी नेतामाथि गरिएको यस्तो निर्णयले पार्टीभित्र गलत सन्देश जाने सम्भावना रहेको छ।

उनले वर्तमान संविधान निर्माण प्रक्रियामा सिटौलाले निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै पार्टीभित्र नयाँ र पुराना दुवै पुस्ताले उनको योगदानको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे।

पराजुलीका अनुसार राष्ट्रिय राजनीतिमा लामो अनुभव, नेतृत्व क्षमता तथा पार्टीका मूल्य-मान्यता संरक्षणमा सिटौलाले पुर्‍याएको योगदानको उचित कदर हुनुपर्नेछ। त्यसकारण उनलाई जिम्मेवारीबाट हटाउने निर्णय सच्याउन आवश्यक रहेको उनले बताएका छन्।

उनले पछिल्लो समय नेपाली काँग्रेसभित्र वरिष्ठ तथा पुराना पुस्ताका नेताहरूलाई बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे। यस्तो प्रवृत्ति पार्टीको नीति, सिद्धान्त र संगठनात्मक संस्कृतिसँग मेल नखाने उनको भनाइ छ।

देशको राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय परिवेश तथा पार्टीको आन्तरिक संरचना बुझ्ने अनुभवी नेतृत्वलाई पाखा लगाउँदा पार्टीको एकता, साख र भविष्य कमजोर बन्न सक्ने चेतावनी उनले दिएका छन्।

पार्टीको गरिमा र संगठनात्मक शक्ति जोगाउन नेतृत्व तह तथा जिम्मेवार व्यक्तिहरू समयमै सचेत हुनुपर्नेमा जोड दिँदै उनले अनुभवी नेताको अवमूल्यनले कार्यकर्तामा निराशा बढ्ने र लोकतान्त्रिक आन्दोलनसमेत प्रभावित हुन सक्ने बताएका छन्।

0 Comments