२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विस्थापित सुकुमवासीलाई पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा रहेका सुकुमवासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको अस्थायी व्यवस्थापनका लागि पाँच वटा स्थान तय गरिएको छ।

आज काठमाडौँका बल्खु, वंशीघाट, बालाजु र शंखमूल क्षेत्रमा रहेका अनधिकृत टहराहरू हटाइएपछि त्यहाँ बसोबास गर्दै आएका सुकुमवासीलाई तत्काल वैकल्पिक आवास उपलब्ध गराउने निर्णयअनुसार सार्वजनिक तथा तालिमसम्बन्धी संरचनाहरूलाई अस्थायी बसोबास स्थलका रूपमा प्रयोग गरिएको हो।

व्यवस्थापन योजनाअनुसार विस्थापित परिवारहरूलाई ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटी विद्युत् तालिम केन्द्र, बोडेमा रहेको कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र तथा काभ्रेको बनेपास्थित रेडक्रस भवनमा अस्थायी रूपमा राखिने व्यवस्था मिलाइएको छ।

स्थानान्तरण प्रक्रिया अघि बढाउनुअघि प्रभावित व्यक्तिहरूको विवरण संकलन कार्य काठमाडौँको दशरथ रंगशालामा गरिएको छ। सो क्रममा हालसम्म ७२ जनाले स्वैच्छिक रूपमा उपस्थित भई आफ्नो विवरण दर्ता गराएका छन्।

विवरण संकलन तथा समन्वय कार्यमा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालित रहेको जनाइएको छ।

सम्बन्धित निकायहरूले प्रभावित परिवारको व्यवस्थापनलाई व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउने तथा आवश्यक सहजीकरण जारी राख्ने बताएका छन्।

0 Comments