२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसमा गुटबन्दी अन्त्यको दाबी, क्रियाशील सदस्य अधिकार सुरक्षित रहने महामन्त्री घिमिरेको भनाइ

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र लामो समयदेखि देखिँदै आएको गुटगत राजनीतिक अभ्यास समाप्त भएको दाबी गरेका छन्।

विराटनगरमा आयोजित चुनावी समीक्षा तथा संगठनात्मक छलफल कार्यक्रममा बोल्दै उनले अब पार्टीभित्र कुनै पनि किसिमको आन्तरिक समूहगत विभाजनले स्थान नपाउने बताए। साथै क्रियाशील सदस्यहरूको अधिकार कटौती गर्ने कुनै योजना नरहेको स्पष्ट पारे।

महामन्त्री घिमिरेका अनुसार संगठनभित्र सुधार र पुनर्संरचनाको प्रक्रिया अनिवार्य बनेको छ र यसलाई निष्कर्षमा पुर्‍याउने दिशामा पार्टी अघि बढिरहेको छ। नेतृत्वप्रतिको विश्वास कमजोर भएमा त्यसको प्रत्यक्ष असर निर्वाचन परिणाममा देखिने भएकाले सुधार प्रक्रियालाई तत्काल अघि बढाउनुपर्ने उनले उल्लेख गरे।

उनले विगतमा चर्चित रहेको ६०–४० को आन्तरिक भागबण्डा र गुटगत अभ्यास अब समाप्त भएको उल्लेख गर्दै सबै तहका कार्यकर्तालाई एकीकृत रूपमा अघि बढ्न आग्रह गरे।

काँग्रेसलाई कुनै व्यक्तिको निजी संरचना नभई लाखौँ क्रियाशील सदस्यको साझा संगठनका रूपमा बुझ्नुपर्नेमा उनले जोड दिए। पार्टीलाई तल्लो तहबाट सुदृढ बनाउने उद्देश्यसहित ‘ग्रासरुट’ अभियान सञ्चालन गरिएको जानकारी पनि उनले दिए।

नेतृत्वले जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उनले बीपी कोइरालाको राजनीतिक दृष्टिकोणलाई स्मरण गरे। उनका अनुसार जनमुखी नीति र जवाफदेही नेतृत्व नै पार्टी पुनर्जीवनको आधार हो।

प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको विश्लेषण तथा आगामी रणनीति तय गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश तथा संघीय सांसद, जिल्ला र क्षेत्रीय सभापतिहरूका साथै अघिल्लो निर्वाचनका उम्मेदवारहरूको उपस्थिति रहेको थियो।

0 Comments