काठमाडौँ। नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले यूएईविरुद्ध अर्धशतक बनाएका छन्।
टी-२० आई सिरिज अन्तर्गत टियु मैदानमा जारी खेलमा उनले ३१ बलमा अर्धशतक बनाएका हुन्। उनले ९ चौका र १ छक्का प्रहार गरे।
टी-२० अन्तर्राष्ट्रियमा उनको यो आठौं अर्धशतक हो। जारी खेलमा नेपालले यूएईले दिएको १२९ रनको लक्ष्य पछ्याइरहेको छ। अहिले क्रिजमा भुर्तेलसँगै कप्तान दीपेन्द्र सिंह ऐरी छन्।







