काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन सर्वोच्च अदालतले दर्ता नगर्ने निर्णय गरेको छ।
सर्वोच्च अदालत प्रशासनले अधिवक्ता आयुष बडालद्वारा दायर गरिएको निवेदनमा दरपिठ आदेश जारी गर्दै प्रारम्भिक चरणमै दर्ता प्रक्रिया अस्वीकार गरेको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपको प्रशंग उठाउँदै लामिछानेलाई सांसदका रूपमा काम गर्न रोक लगाउनुपर्ने मागसहित उक्त रिट पेस गरिएको थियो।







