काठमाडौँ । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो तथा अन्तिम खेलमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आमनेसामने छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा युएईले नेपाललाई १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस गुमाएर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनाएको हो।
अब नेपालले सिरिज जितका लागि १२९ रनको लक्ष्य पछ्याउनेछ।







