२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रत्यक्ष प्रश्नोत्तर हुने

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा अब प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था हुने प्रस्ताव अघि सारिएको छ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन आज सभामुख डीपी अर्याल समक्ष पेश गर्दै सो व्यवस्था समावेश गरिएको जानकारी दिएको हो।

प्रस्तावित प्रावधान अनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले प्रश्न उठाउन सक्नेछन्। त्यसका लागि प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको एक घण्टा समय छुट्याइने व्यवस्था गरिएको छ। उक्त दिन बैठक बस्न नसकेमा त्यसपछिको पहिलो बैठकमा एक घण्टाको समय प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि तोकिने उल्लेख छ।

नियमावली अनुसार उठाइएका प्रश्नको जवाफ प्रधानमन्त्रीले सोही सदनमा तत्काल दिनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

यस व्यवस्थाले सरकार प्रमुखलाई संसद्प्रति प्रत्यक्ष रूपमा उत्तरदायी बनाउने उद्देश्य राखिएको मस्यौदामा उल्लेख छ। प्रधानमन्त्री बनेपछि वालेन्द्र शाह (बालेन)हालसम्म संसदमा उपस्थित नभएको सन्दर्भमा यो व्यवस्था महत्वपूर्ण मानिएको छ।

0 Comments