काठमाडौँ । ललितपुरस्थित गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार पाठकलाई ललितपुरको इमाडोल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोपका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।







