२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन रूपान्तरण अभियानका अध्यक्ष घिमिरेको राजीनामाप्रति असन्तुष्टि, उपसचिव सदस्यद्वारा अभियान परित्याग

अ+ अ-

काठमाडौँ । सार्वजनिक प्रशासन रूपान्तरण अभियान, २०८२ का अध्यक्ष गणेश घिमिरेले निजामती सेवाबाट दिएको राजीनामाप्रति असन्तुष्टि जनाउँदै अभियानका एक सदस्यले संगठन परित्याग गरेका छन्।

अध्यक्ष घिमिरेले सोमबार मात्रै राजीनामा बुझाएका थिए। स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाई कन्फर्म खटाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अभियान अन्तर्गत घिमिरेको अछामको मेल्लेख सरुवा भएको थियो ।

यसैबीच, अभियानका सदस्य तथा नेपाल सरकारका उपसचिव (कानुन) प्रकाश चापागाईँले उक्त निर्णयप्रति खेद व्यक्त गर्दै आफू अभियानबाट अलग भएको घोषणा गरेका छन्। उनले मंगलबार एक वक्तव्य जारी गर्दै सार्वजनिक प्रशासनमा अपेक्षित सकारात्मक रूपान्तरणको आवश्यकता औँल्याएका छन्।

वक्तव्यमा उनले विगतदेखि सेवामुखी भावनाभन्दा व्यक्ति केन्द्रित, दलाल प्रवृत्ति, भ्रष्टाचार तथा कुशासनतर्फ झुकाव बढ्दै गएको उल्लेख गर्दै यस्ता प्रवृत्तिले सुधार प्रक्रियामा अवरोध सिर्जना गरिरहेको बताएका छन्। यस्तो अवस्थामा नेतृत्व तहबाट उदाहरणीय भूमिका निर्वाह हुनुपर्नेमा त्यसको विपरीत कदम चालिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।

चापागाईँले सरकारले खटाएको स्थानमा निसर्त सेवा गर्नु कर्मचारीको दायित्व भएको उल्लेख गर्दै त्यसबाट विमुख हुनु कर्तव्य च्युत कार्य भएको बताएका छन्। “कर्तव्यविनाको अधिकार सदैव अराजक र हानिकारक हुन्छ,” उनले वक्तव्यमा भनेका छन्। अधिकारको चर्को वकालत गर्दै कर्तव्यप्रति उदासीन रहने प्रवृत्ति अस्वीकार्य भएको उनको भनाइ छ।

उनले यस्ता गतिविधिले समग्र अभियानमाथि नै प्रतिघात पुर्‍याएको निष्कर्ष निकाल्दै उनले आफू अभियानको सदस्यबाट अलग भएको घोषणा गरेका छन्।

3 Comments
Upamanyu sharma
Upamanyu sharma
2 months ago

फटाहा हरु ! यी सबै उस्तै अवसरवादी हुन्। चोर चोर मौसेरा भाई! रास्वपा ले बाल नदिए पछि आदर्शवादी बन्न खोज्दैछन्।

Ram Prasad Yadav
Ram Prasad Yadav
Reply to  Upamanyu sharma
2 months ago

abhiyan ka sabailai chhani chhani durgam patham….

Nabin sharma.
Nabin sharma.
2 months ago

कडा प्रकाश सर ।संधै यथार्थ जुझारू ।