२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलामा पुल निर्माण र स्थानीय सुरक्षामा जोड दिने हर्क साम्पाङको प्रतिबद्धता 

अ+ अ-

काठमाडौँ । दार्चुलाको दुम्लिङ पुगेका हर्क साम्पाङले स्थानीय बासिन्दाको पीडा सुन्दै भावविभोर हुँदै पुल निर्माण र तुइनबाट हुने जोखिम न्यूनीकरणको प्रतिबद्धता व्यक्त गरेका छन्।

संसदबाट केही दिनको विश्राम लिएर दुम्लिङ पुगेका साम्पाङलाई स्थानीयले स्वागत कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रममा गाउँलेहरूले खदा, माला र स्थानीय सांस्कृतिक परम्परा अनुसार फेटा र टीका लगाएर सम्मान गरेका छन्।

कार्यक्रमको सुरुवातमा स्थानीय बासिन्दा कौशिला बुढाथोकीले सम्बोधन गर्दै, “हाम्रो गाउँमा अब सुरक्षा र विकासको पहल सुरु हुने आशा छ। सडक र पुल निर्माण हुँदै गाउँ तुइनमुक्त हुनेछ,” भनी आफ्ना अपेक्षा व्यक्त गरिन्। उनले हर्क साम्पाङलाई स्थानीयको माग र आवश्यकतासँग अवगत गराउने ज्ञापन पत्रसमेत हस्तान्तरण गरिन्।

ज्ञापन पत्रमा स्थानीयले महाकाली नदीमा तुइनमुक्त घोषणा, दुर्घटनामा परेका परिवारका लागि शैक्षिक व्यवस्थापन, एनटिसी नेटवर्क सुधार र स्थानीय बाँधको व्यवस्थापनसम्बन्धी अनुरोध समावेश गरेका छन्।

कार्यक्रममा रोश्ना बुढाथोकीले आफ्नो व्यक्तिगत पीडा पनि प्रस्तुत गरिन्। गत असार ३१ मा उनका छोरा नारायण बुढाथोकी तुइनबाट खस्दा मृत्यु भएको थियो। उनले भनिन्, “मेरो छोरा नारायण बितेको नौ महिना भइसकेको छ। त्यतिबेला मेरी बुहारी सुत्केरी थिइन्। जीवनभर मेहनत गरेर हुर्काएको छोरा गएको छ, अब के गर्ने हो मैले।”

रोश्नाको कथा सुनेपछि हर्क साम्पाङ भावुक भए र मञ्चमै आँसु पुछ्दै भने, “तपाईँहरूको पीडा महसुस गरेँ। पुल निर्माण र आवश्यक सहयोगको व्यवस्था गर्नेछौँ। म अहिले शब्दमा व्यक्त गर्न सक्ने अवस्थामा छैन।”