२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नि:शुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित

अ+ अ-

जम्ला । जुम्लाको तिला गाउँपालिका–६ सञ्चालन गरिएको दुई दिने नि:शुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित भएका छन् ।

‘मेल फर स्माइल’ र प्रोजेक्ट रंगीचंगीको आर्थिक सहयोग तथा तिला गाउँपालिका–६ को समन्वयमा आइतबार भएको नि:शुल्क स्वास्थ्य शिविरमा १६२ पुरुष र १४३ महिलाले सेवा लिएका वडाध्यक्ष जंगबहादुर रोकायाले जानकारी दिए।

गाउँमै दन्त शिविर सञ्चालन भएपछि स्थानीयवासीको दाँत परीक्षण तथा दाँत सफा गर्ने, औषधि वितरण तथा दाँत सम्बन्धी परामर्शसमेत गरिएको थियो । 

विशेषज्ञ चिकित्सकहरूको टोलीले स्थानीयलाई दाँतको हेरचाह, नियमित ब्रस गर्ने तरिका, खानपानमा ध्यान दिनुपर्ने विषय तथा दाँतसम्बन्धी रोगबाट बच्ने उपायबारे जानकारी गराएको वडाध्यक्ष रोकायाको भनाइ छ ।

यसैगरी तातोपानी गाउँपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको नि:शुल्क आँखा शिविरमा १९२ जनाको आँखा जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्राविधिक सहयोगमा तातोपानी स्वास्थ्य चौकीमा आइतबार सञ्चालन भएको नि:शुल्क आँखा तथा मोतियाविन्दु शिविरमा ६२ पुरुष र १३० महिलाले सेवा लिएका शाखा प्रमुख चौलागाईले बताए ।