काठमाडौँ । संघीय संसद् सचिवालयले आगामी संसद् कार्यसूची निर्धारण र दलहरूबीच सहमति जुटाउने उद्देश्यले सर्वदलीय बैठक बोलाएको छ। बैठक भोलि बिहान ११ बजे बस्ने निर्धारित छ।
सचिवालयका अनुसार बैठकमा संसद्को कामलाई प्रभावकारी र व्यवस्थित बनाउने विषयमा छलफल हुनेछ। यस क्रममा प्रतिनिधि सभाको पहिलो बैठकमा पेश भएका तीनवटा अध्यादेशहरू स्वीकृत गर्ने प्रस्ताव पनि प्रस्तुत गर्ने तयारी गरिएको छ।
त्यस्तै, सदनको कार्यसम्पादनलाई व्यवस्थित गर्न ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि भोलिको बैठकमा विचार हुने बताइएको छ।







