काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले आज धनुषाको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष शालीग्राम सिंहसहित ६ जना र ईशिता ट्रेडर्स उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।









