काठमाडौँ। सोलुखुम्बुको माप्यदुधकोशी-५ निवासी सुत्केरी व्यथाले छट्पटाएकी महिलालाई नेपाली सेनाले हवाई उद्दार गरी काठमाडौँ ल्याएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सञ्चालन गर्दै आएको राष्ट्रिय महिला सशक्तिकरण परियोजनाको अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्दार कार्यक्रममार्फत उनलाई उद्दार गरिएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ।
यो कार्यक्रम गर्भवती र सुत्केरी महिलाहरूलाई आपतकालीन स्वास्थ्य सेवा सहज पहुँचमा पुर्याउनको लागि स्थापन गरिएको हो। उद्दारपछि स्वास्थ्य संस्थामा आवश्यक उपचार तथा निगरानी सुनिश्चित गरिएको जनाइएको छ।







