काठमाडौँ । चार नाल भरुवा बन्दुकसहित पाँच जना सिकारी पक्राउ परेको छन् ।
पर्सा राष्ट्रिय निकुञ्जमा सुरक्षा कार्यमा तैनाथ सबुज गणले विगत दुई महिनामा अवैध चोरी सिकार नियन्त्रणका लागि सञ्चालन गरेको कारवाहीमा चार नाल भरुवा बन्दुकसहित पाँच जना सिकारीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई नियन्त्रणमा लिएर निकुञ्ज कार्यालयमा बुझाएको सेनाले जनाएको छ ।
सुरक्षाकर्मीहरूले निकुञ्ज क्षेत्रमा अवैध सिकारका गतिविधि न्यूनीकरण गर्ने लक्ष्य अनुसार नियमित निरीक्षण र कारबाही सञ्चालन गर्दै आएका छन्।







