२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु

अ+ अ-

टीकापुर । कैलालीमा औलो र कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्न थालिएको छ । विषादी छिट्काउ अभियानअन्तर्गत कैलालीका सयौँ घरमा विषादी छिट्ने जनाइएको छ ।

धनगढीबाट सुरु भएको सो अभियानअन्तर्गत टीकापुरका औलो तथा कालाजारका बिरामी भएका घर र छिमेकमा विषादी छिट्ने काम सम्पन्न भइसकेको छ ।

 टीकापुरका नौ घरमा औलोका बिरामी रहेकाले प्राविधिकको सहयोगमा विषादी छम्केको स्वास्थ्य कार्यालयका सूचना अधिकारी मीनबहादुर धामीले जानकारी दिए ।  

“स्वास्थ्य कार्यालय कैलालीले औलो, कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्काउ अभियान सञ्चालन गरेको हो । यहाँका विभिन्न प्रभावित तथा सम्भावित महामारी क्षेत्रहरूमा कार्यक्रम सञ्चालन भइरहेको छ”, उनले भने, “चालु आर्थिक वर्षको साउनदेखि हालसम्म औलो तथा कालाजारका बिरामी देखिएका स्थान वरपर विषादी छिट्न थालिएको हो ।” 

उनका अनुसार कैलालीमा १०४ जना औलो तथा कालाजारका बिरामी भेटिएका छन् भने सयौँ घरमा विषादी छिट्ने कार्यक्रम रहेको छ ।

सरकारले औलो तथा कालाजारलाई सन् २०२८ सम्म र मलेरियालाई सन् २०३० सम्म निवारण गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य संस्थाले यी रोग निवारणका लागि परीक्षणको दायरा विस्तार गर्ने, रोग पहिचान गर्ने, तथ्यांक यकिन गर्ने, बिरामीको उपचार गर्ने, ‘केस-बेस सर्भिलेन्स’ तथा प्रतिकार्यात्मक गतिविधि सञ्चालनलाई प्राथमिकता दिएको छ ।

महिला स्वास्थ्य स्वयंसेविका सुशीला विकले विपन्न समुदायमा विभिन्न समस्याले मलेरियाको जोखिम रहेकाले विषादी छिट्ने काम बिरामी देखिएका घरमा मात्र नभई गाउँभरि नै छिट्ने व्यवस्था मिलाउन माग गरे ।