२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

अ+ अ-

काठमाडौँ। पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज काठमाडौँलगायत केही जिल्लामा वर्षा भएको छ ।

काठमाडौँमा पछिल्लो एक घण्टामै एक दशमलव दुई मिलिमिटर वर्षा भएको छ भने अन्य केही जिल्लामा पनि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही जिल्लामा असिना पानी, हिमपात र हुरी बताससमेत आएको छ ।

विभिन्न जिल्लाको वर्षा मापन केन्द्रबाट प्राप्त विवरणअनुसार पछिल्लो एक घण्टामा सबैभन्दा बढी झापामा नौ दशमलव चार मिलिमिटर वर्षा भएको छ । यस्तै, ताप्लेजुङ, भोजपुर, नुवाकोट, लमजुङ, गोरखा, कास्की र कालिकोटमा हल्का वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा तनहुँमा २४ दशमलव छ र झापामा १२ दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हिमपात भइरहेको विभागले आज साँझ ६:०० बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

विभागका अनुसार बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने तथा बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने छ । यस्तै, तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना रहेको जनाइएको छ ।