२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३ केजी ४३५ ग्राम लागू औषधसहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले लागू औषध जस्तो देखिने पदार्थसहित एक विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।

कार्यालयका अनुसार बैंककबाट काठमाडौँ आएका थाई नागरिक वर्ष ३९ का योङयुट थुइअनलाई आगमन क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनी थाई एयरवेजको उडान नम्बर टीजी ३०९ मार्फत काठमाडौँ आइपुगेका थिए।

जाँचका क्रममा उनको सुटकेसबाट करिब ३ केजी ४३५ ग्राम तौलको लागू औषध जस्तो देखिने पदार्थ (प्लास्टिकसहित) फेला परेको बताइएको छ। उक्त पदार्थ लुकाइछिपाइ ल्याइएको अवस्थामा फेला परेको सुरक्षा कार्यालयले जनाएको छ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा बुझाइएको छ।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार प्रारम्भिक अनुसन्धानपछि थप प्रक्रिया अघि बढाइनेछ।