२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यालय समयमा कर्मचारी अनुपस्थित देखिएपछि स्पष्टीकरण देखी निलम्बन गर्ने सम्मको चेतावनी

अ+ अ-

काठमाडौँ । सप्तरीको बलान बिहुल गाउँपालिकामा कार्यालय समयमा कर्मचारी अनुपस्थित रहने गुनासोपछि स्थानीय तहले छड्के अनुगमन कडाइ गरेको छ। गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा गरिएको अनुगमनका क्रममा उल्लेख्य संख्यामा कर्मचारी गैरहाजिर भेटिएका छन्।

बिहीबार बिहान करिब साढे १० बजे गरिएको निरीक्षणमा कार्यालयका ६० कर्मचारीमध्ये २५ जना उपस्थित नभएको पाइएको अध्यक्ष यादवले जानकारी दिएका छन्। गैरहाजिर हुनेहरूमा निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव मण्डल समेत रहेको उल्लेख गरिएको छ।

अनुपस्थित कर्मचारीहरूको हाजिरी अभिलेखमा चिन्हित गरिएको छ भने पुनः यस्तै अवस्था दोहोरिएमा सम्बन्धित व्यक्तिसँग स्पष्टीकरण सोध्ने र आवश्यक परे निलम्बनसम्मको कारबाही अघि बढाइने चेतावनी दिइएको छ।

कार्यालय समयमा कर्मचारी उपस्थित नहुने सम्बन्धमा सेवाग्राहीबाट पटक-पटक गुनासो प्राप्त भएपछि अनुगमन गरिएको जनाइएको छ। स्थानीय तहले सेवा प्रवाह प्रभावकारी बनाउन नियमित अनुगमनलाई निरन्तरता दिने संकेत गरेको छ।