२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह

अ+ अ-

काठमाडौँ । मौसम पूर्वानुमान शाखाले शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली स्थानमा भारी वर्षा: हिमपातको सम्भावना रहेको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले चट्यांङ, असिनासहित वर्षा र हावाहुरीको सम्भावना रहेको छ।

शुक्रबार दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लाहरूमा र शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी (झण्डै ३३ मिटर/सेकेण्ड वा करिब ११९ किमि/घण्टा) चल्ने सम्भावना रहेको छ। यस कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहने महाशाखाले जनाएको छ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा लुम्बिनी, बागमती प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/ चट्यांङ/हावाहुरी/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार देशभर अधिकांश बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी, लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/ चट्यांङ/असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको छ।

शनिबार पनि कोशी र बागमती प्रदेशको लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/ चट्यांङ/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।