२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सफलताका कथा :  जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर

अ+ अ-

झापा । कुनै समय झापाको मेचीनगर-२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो । बिहान के खाउँ, बेलुका के खाउँ भन्ने गर्जो टार्नै उनलाई धौधौ थियो । अभावको तुवाँलोले घेरिएको त्यो संघर्षरत उनले कति रात भोकै त कति रात अरूको मजदुरी गरेर बिताउनुपर्‍यो । तर, आज उही पौरखी भीमबहादुरको जीवनको तस्बिर बदलिएको छ । हिजो अर्काको मजदुरी गर्ने भीमबहादुर आज सफल उद्यमीका रूपमा स्थापित भएका छन् । 

सानैदेखिको गरिखाने यही सोचले आज उनलाई वार्षिक करोडको कारोबार गर्ने उद्यमी बनाएको हो । भृकुटीको सरस्वती टोलमा उनको गणेश नर्सरी उद्योग सञ्चालनमा छ । जहाँ पाँच सयभन्दा बढी प्रजातिका बिरुवा उत्पादन हुन्छन् । झापादेखि चितवनसम्मको बजारमा यही नर्सरीका बिरुवा बिक्री हुने गरेको छ ।

विसं २०७३ मा आफ्नो खल्तीमा भएको मात्र रु दुई हजार ७०० को सानो पुँजीबाट नर्सरी व्यवसायको श्रीगणेश गरेको भीमबहादुरले बताए । सीमित स्रोत र साधनका बाबजुद उनको दृढसंकल्पले आकार लिँदै गयो । अहिले नर्सरी व्यवसायबाटै उनले वार्षिक करोडभन्दा बढीको आर्थिक कारोबार गर्छन् । उद्यम गरेरै उनले सुविधाजनक घर र घडेरी जोडेका छन् । 

“आफ्नै पौरखमा बाँच्नु पर्छ भन्ने सानैदेखिको मेरो भावना थियो”, उनी भन्छन् । “सानो छँदा कुखुरा व्यापार गरेर घरखर्च चलाउन सघाउँथे । अहिले नर्सरी उद्योग र सुपारी प्रशोधन उद्योग चलाउँदै छु । पहिले अरूकामा मजदुरी पनि गर्थेँ, अहिले अरूले मेरो उद्योगमा रोजगारी पाइरहनुभएको छ ।” 

झापा सुपारीखेतीको उर्वर भूमि भएकाले उनले सुपारीका बिरुवा उत्पादनलाई विशेष प्राथमिकता दिएको बताए ।  झापाको गौरादह र चितवनको रत्ननगरमा नर्सरीका शाखा फैलिएका छन् । उनले सुपारी प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन् । गाउँमा घरैपिच्छे सुपारी फलेका छन् । आफूले किसानबाट खरिद गरेको सुपारी उद्योगमा प्रशोधन गरेर बिक्री गर्दै आएको उनले बताए । सुपारी उद्योगमा समेत स्थानीयले मनग्य रोजगारी पाएका छन् ।

भीमबहादुरको सफलताको जग मेहनतको जगमा उभिएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण सानै उमेरमा काँधमा जिम्मेवारी बोक्नुपर्‍यो । कहिले अरूको खेतमा पसिना बगाउने त कहिले गाउँका कुखुरा, गाई र बाख्रा डोहोर्याउँदै बजार पुर्‍याएर बेच्ने उनको दैनिकी थियो । स्थानीय हटियामा गाई–बाख्राको व्यापार गर्दागर्दै उनले व्यापारको कखरा सिके । 

त्यतिमात्र होइन, उनले नवयुवा उमेरमा विवेचना दैनिक पत्रिका वितरण गर्ने ‘हकर’को कामसमेत गरे। कक्षा १० सम्मको अध्ययन पूरा गरेपछि उनी पूर्ण रूपमा स्वरोजगारको खोजीमा लागे। शिव शक्ति ग्रुप अफ कम्पनीमा काम गर्दा उनले कृषि क्षेत्रको व्यावसायिक ज्ञान र विज्ञता हासिल गरे, जसले उनको जीवनलाई नयाँ मोड दियो ।

“इमान्दारी, मेहनत र लगनशीलताका साथ काम गर्‍यो भने सफलता टाढा हुँदोरहेनछ”, उनको सफलतालाई नजिकबाट नियालिरहेका नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष देबु बानियाँ भन्छन्, “आफ्नो अनुभव र सीपलाई सही ठाउँमा प्रयोग गर्न सके गाउँमै सुन फलाउन सकिँदो रहेछ । विदेश जानु पर्दोरहेनछ भन्ने उनले प्रमाणित गरिदिए ।”

भीमबहादुरको यो व्यावसायिक फड्कोमा उनकी धर्मपत्नी तुलसी भट्टराईको बलियो साथ छ । “मैले कहिले पनि उनलाई विदेश गएर धन कमाउनुहोस् भनिन”, भीमबहादुरकी पत्नी तुलसी भन्छिन्, “उहाँमा अल्छी भावना कहिल्यै पाइनँ । कामलाई ठूलो र सानो भनेर छुट्याउनुहुन्न । उहाँलाई देखेर गाउँका युवाहरू व्यवसायमा लाग्न थालेका छन् ।”

भीमबहादुरले आफ्नो नर्सरी र सुपारी प्रशोधन उद्योगमा २० जनाभन्दा बढी स्थानीयलाई रोजगारी दिएका छन् । व्यवसायसँगै भीमबहादुर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन्। भानु माध्यमिक विद्यालयमा रु ५० हजारको अक्षयकोष स्थापना गरेका छन् भने गाउँमा गणेश मन्दिर निर्माणका लागि जग्गा र आर्थिक सहयोग जुटाएका छन्। भृकुटी गाउँमा सुविधासम्पन्न पाटी प्यालेस निर्माणको अन्तिम तयारीमा जुटेका छन् । 

रोजगारीको खोजीमा खाडी मुलुक पस्ने युवाहरूको लहरका बीच भीमबहादुर स्वदेशमै पसिना बगाएर सफल बनेको उदाहरण छन् । मेहनत, धैर्य र निरन्तर प्रयासले कसरी एउटा सामान्य मजदुरलाई सफल उद्यमी बनाउन सक्छ भन्ने कुराको जीवन्त पात्र हुन्  भीमबहादुर ।