२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा पहिलो दल काँग्रेस 

अ+ अ-

काठमाडौँ । पाँच निर्वाचन क्षेत्रमा विजयी हुँदै कर्णालीमा काँग्रेस पहिलो दल बनेको छ । काँग्रेसबाट जाजरकोटमा खडकबहादुर बुढा, हुम्लामा जयपति रोकाया, दैलेख-१ मा वासना थापा र मुगुमा खडक शाही विजयी भएका हुन् ।  

काँग्रेसले दैलेख-१ मा एमालेको र हुम्ला र जाजरकोटमा माओवादीको विरासत तोडेको हो । यसअघि जितेको सुर्खेत-२ र दैलेख-२ गुमाएको छ । यसअघि काँग्रेस उम्मेदवार विजयी भएको सुर्खेत-२ मा रास्वपाका रमेश सापकोटा र दैलेख-२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा नेकपाले ४ तथा रास्वपा, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी एकरएक क्षेत्रमा विजयी भएका छन् । 

जाजरकोटमा काँग्रेस कार्यवाहक जिल्ला सभापति खडकबहादुर बुढा २० हजार १४२ मतसहित विजयी भए । बुढा २०७४ सालमा शिवालय गाउँपालिको अध्यक्ष पदमा पराजित भएका थिए । नेपाल विद्यार्थी संघबाट राजनीति थालेका उनी २०६४ सालमा भेरी ज्ञानोदय क्याम्पसको स्ववियू सभापति थिए । 

हुम्लामा ८ हजार ७९७ मतसहित काँग्रेस पूर्व जिल्ला सभापति जयपति रोकाया विजयी भए । नेपाल विद्यार्थी संघ र तरुण दल हुम्लाको अध्यक्ष हुँदै उनी दुई कार्यकाल हुम्लाको पार्टी सभापति बनेका थिए । २०४० सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी पार्टीको कर्णाली प्रदेश कार्यसमितिका सदस्य हुन् ।

दैलेख–१ मा महासमिति सदस्य वासना थापा १२ हजार ३७२ मतसहित विजयी भएसँगै काँग्रेसले १२ वर्षपछि आफ्नो विरासत फर्काएको छ । थापाले २०५७ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी थापा काँग्रेसको १३औँ र १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकी थिइन् ।

सुर्खेत-१ मा काँग्रेसका जिल्ला उपसभापति विष्णुबहादुर खड्का २६ हजार ८९७ मत ल्याइ विजयी भएर काँग्रेसको लामो विरासत कायम राखेका छन् । उनी काँग्रेस पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काका साइला भाइ हुन् । पूर्णबहादुरले यही क्षेत्रबाट २०४८ सालदेखि निर्वाचन जित्दै ५ पटक सांसद बनेका थिए । पूर्णबहादुर २०७४ सालमा यही क्षेत्रबाट पराजित भए भने एक पटक समानुपातिक सांसद बने । नवनिर्वाचित सांसद खड्काले २०३६ सालमा बहुदलको पक्षमा उभिएर राजनीति सुरु गरेका थिए । 

मुगुमा काँग्रेस जिल्ला सभापति खडक शाही ७ हजार ९२४ मतसहित विजयी बन्दै पार्टीको विरासत कायम गरे । २०४६ सालदेखि राजनीतिमा सक्रिय उनी २०५२ सालमा काँग्रेस जिल्ला उपसभापति बने । २०७२ सालमा काँग्रेस जिल्ला सभापति निर्वाचित भएका उनी २०५२ सालदेखि निरन्तर काँग्रेस महाधिवेशन प्रतिनिधि छन् ।

दोस्रो संविधानसभा निर्वाचन २०७० मा ७ वटा निर्वाचन क्षेत्र जितेको काँग्रेस २०७४ सालमा शून्य सिटमा झरेको थियो । प्रतिनिधिसभा निर्वाचन २०७९ मा सुर्खेतका दुईवटै, मुगु र दैलेख-१ गरी ४ स्थानमा काँग्रेस उम्मेदवार निर्वाचित भएका थिए ।