काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ क्षेत्र नम्बर ४ मा पनि अग्रता बढाउँदै लगेको छ ।
सो क्षेत्रमा रास्वपाबाट उम्मेदवार रहेका पुकार बमले ७ हजार भन्दा बढीको मतान्तरले अग्रता लिएका छन् ।
बमले ९ हजार ८२१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सचिन तिमल्सिनाले २ हजार ७४४ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले २ हजार ३२७ र नेपाली कम्युनिस्ट पार्टीका इन्दकुमार भुसालले २९४ मत पाएका छन् ।







