२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदानपछि उम्मेदवारहरू निर्वाचन क्षेत्रमा : प्रचण्ड, गगन र रवि पुगे, बालेन फर्किए, ओली झापा नजाने

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान प्रक्रिया जारी रहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान उत्साहजनक रूपमा अघि बढिरहेको जानकारी निर्वाचन आयोगले दिएको छ।

मतदान सुरु भएयता अधिकांश उम्मेदवारहरूले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। कतिपय उम्मेदवारहरू मतदाता नामावली रहेको स्थानमा मतदान गरी आफू उम्मेदवार बनेका निर्वाचन क्षेत्रमा पुगिसकेका छन् भने केही अझै जाने क्रममा छन्।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन जिल्ला को निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी विद्यालय शान्तिपुर मा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए। मतदानपछि उनी हेलिकप्टरमार्फत रुकुम पूर्व जिल्ला पुगेका छन्।

यसैगरी गगन थापाले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत मैतीदेवी स्थित मतदान केन्द्रमा मत खसालेपछि हेलिकप्टरमार्फत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ पुगेका छन्। उनका अनुसार उनी मतदान अवधिभर आफ्नो निर्वाचन क्षेत्रमा रहने कार्यक्रम छ।

उता रवि लामिछानेले काठमाडौँ-३ अन्तर्गत उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरस्थित मतदान केन्द्रमा मत हालेर स्थलमार्ग हुँदै चितवन जिल्ला पुगेका छन्। उनी चितवन-२ बाट उम्मेदवार रहेका छन्।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले बिहानै सिनामंगल स्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रमा मताधिकार प्रयोग गरेका थिए। त्यसपछि हेलिकप्टरमार्फत झापा जिल्ला जाने प्रयास गरे पनि सुरक्षा कारण देखाउँदै उनी पुनः काठमाडौँ फर्किएको जानकारी प्राप्त भएको छ।

यसैगरी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन्। मतदानपछि झापा जिल्ला जाने कार्यक्रम रहे पनि अन्ततः सो यात्रा स्थगित गरिएको बताइएको छ।