२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व विश्वविद्यालय सुचकांकमा त्रिविको स्थान सुधार

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय विश्वविद्यालय वरीयतामा आफ्नो स्थिति अघिल्लो वर्षको तुलनामा उकासिएको जनाएको छ। विश्वविद्यालय प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष विश्वभरका २२ हजारभन्दा बढी उच्च शिक्षालय समेटिएको अध्ययन प्रतिवेदनमा त्रिवि १५०१ भन्दा माथिको समूहमा परेको छ।

त्यस्तै, युएस न्युज र वल्र्ड रिपोर्टद्वारा प्रकाशित  सुचकांकमा विश्वविद्यालय ९१९औँ स्थानमा रहेको जानकारी दिइएको छ। विश्वविद्यालयले बुधबार पत्रकार सम्मेलन आयोजना गरी विभिन्न विषयगत क्षेत्रमा गरिएको मूल्याङ्कनका आधारमा समग्र स्कोरमा ०.५ प्रतिशत सुधार आएको जनाएको हो।

उपकुलपति दिपक अर्यालका अनुसार मानविकी, व्यवस्थापन, शिक्षा, इन्जिनियरिङ, कानुन तथा चिकित्साशास्त्रसहित ११ विधामा गरिएको अध्ययनले विश्वविद्यालयलाई विश्वका शीर्ष ७.८ प्रतिशत संस्थाभित्र राख्न सहयोग गरेको छ, जुन अघिल्लो वर्ष ८.३ प्रतिशत दायरामा थियो। उनले करिब पाँच लाख विद्यार्थी अध्ययनरत संस्थाको गुणस्तर अभिवृद्धिका लागि सुधार कार्यक्रम अघि बढाइएको उल्लेख गर्दै अनुसन्धान र उच्च शिक्षामा सरकारी लगानी वृद्धि आवश्यक रहेको बताए।

विषयगत रूपमा चिकित्सा शिक्षा करिब ६०१औँ स्थान, इन्जिनियरिङ करिब एक हजारको आसपास, शिक्षाशास्त्र ८०१औँ तथा व्यवस्थापन करिब १००१औँ स्थानमा परेको विश्वविद्यालयको भनाइ छ। यद्यपि मानविकी, कम्प्युटर विज्ञान र कानुन क्षेत्रमा अपेक्षित उपलब्धि नहुँदा अंक प्राप्ति कमजोर रहेको उल्लेख गरिएको छ।

विश्वविद्यालयले आन्तरिक बन्द, हड्ताल, आन्दोलन तथा अनुसन्धान गतिविधिमा न्यूनताजस्ता कारणहरूले अन्तर्राष्ट्रिय मुल्यांकनमा प्रभाव पारिरहेको पनि जनाएको छ।