काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले गरेको आँट कसैले गर्नै नसक्ने बताएका छन् ।
सुर्खेतमा चुनावी बाचापत्र सार्वजनिक गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
‘यो आँट गर्न सक्ने नेता भनेको बालेनजी र मलाई हेर्नू । हामीले गर्न नसकेको आँट कसले गर्ला ?,’ उनले भने, ‘तागत तपाईँले दिने हो । हामीले आँट गरेका छौँ ।’







