काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले जनताको नजिक रहेर जनता केन्द्रित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भानु नगरपालिका-५ नागनगिनीमा आज आयोजित मतदातासँग भेटघाट कार्यक्रममा उनले आफू जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको बताए ।
उपनिर्वाचनबाट विजयी भएपश्चात् जनताको नजिक रहेर काम गरिरहेको बताउँदै वाग्लेले संघीय सांसदको काम ऐन, नियम बनाउनुपर्ने भएकाले काठमाडौँ बसाइँलाई अन्य दृष्टिकोणले नहेर्न आग्रह गरेका छन्।







