२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यागमन सुधारका प्रयास भइरहेको गृहमन्त्री अर्यालको प्रष्टीकरण

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको स्पष्ट पारेका छन् ।

राष्ट्रिय सभाको शक्रबारको बैठकमा ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले अध्यागमन सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन कर्मचारीलाई विभिन्न तालिम प्रदान गरिएको जानकारी दिए ।

अध्यागमनसम्बन्धी विधेयकको मस्यौदामा समितिको प्रतिवेदनले औँल्याएका विषय समावेश गरिने उल्लेख गर्दै गृहमन्त्रीले भने, “हामी अध्यागमनसम्बन्धी नयाँ विधेयक तर्जुमाको चरणमा छौँ, समितिबाट प्राप्त सुझाव अमूल्य सम्पत्ति हुनेछन्, यी विषयलाई विधेयकमा समावेश गरी अध्यागमन सुधारसम्बन्धी कामकारबाहीलाई प्रभावकारी बनाउने ब्यहोरा अनुरोध गर्दछु ।”

उक्त प्रस्तावमाथिको छलफलमा सांसद नरबहादुर विष्ट, डा. वेदुराम भुसाल, युवराज शर्मा, तुलसाकुमारी दाहाल, मदनकुमारी शाह (गरिमा), अञ्जान शाक्य, श्रीकृष्णप्रसाद अधिकारी, सुमित्रा बिसी, गंगाकुमारी बेल्बासे, रूक्मिणी कोइराला र सुरेशकुमार आले मगरलगायतले प्रतिवेदनले औँल्याएका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकृष्ट गराए ।

त्यसअघि बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९’ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

सभाले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सोसम्बन्धी अध्ययन प्रतिवेदनमा समावेश भएका सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन् ।