२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशहरूको कार्यसम्पादन सूचक सार्वजनिक, ५० प्रतिशतभन्दा माथि कुनै पनि पुगेनन्

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधिअनुसार प्रदेशहरूको सूचकांक परिणाम सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार सातै प्रदेशको प्राप्तांक ५० प्रतिशतभन्दा कम रहेको छ।

आयोगका अनुसार मूल्यांकन परिणामप्रति असहमति भएमा सम्बन्धित प्रदेशले आधार र प्रमाणसहित पुनरावलोकनका लागि निवेदन दिन सक्ने व्यवस्था छ। उक्त मूल्यांकन आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रयोग हुने आधारमध्ये एक मानिन्छ। उच्च अंक प्राप्त गर्ने प्रदेशले तुलनात्मक रूपमा बढी अनुदान प्राप्त गर्ने व्यवस्था छ।

प्राप्त परिणामअनुसार सुदूरपश्चिम प्रदेश ४५.७० अंकसहित शीर्ष स्थानमा रहेको छ। कोशी प्रदेश ४४.२९ अंकसहित दोस्रो स्थानमा छ। बागमती प्रदेशले ४२.४६ अंक प्राप्त गर्दै तेस्रो स्थान ओगटेको छ भने गण्डकी प्रदेश ३७.९१ अंकसहित चौथो स्थानमा रहेको छ।

सबैभन्दा न्यून अंक मधेस प्रदेशले प्राप्त गरेको छ, जसको प्राप्तांक २७.२८ रहेको आयोगले जनाएको छ। आयोगले मूल्यांकन परिणामलाई आगामी बजेट व्यवस्थापन र अन्तरसरकारी वित्तीय हस्तान्तरणको सन्दर्भमा प्रयोग गर्ने जनाएको छ।