काठमाडौँ । बैतडी बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । डीएसपी दिपक कुमार रायका अनुसार घटनास्थलबाट ४५ जनाको उद्धार गरिएको छ ।
गम्भीर अवस्थाका घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाउने तयारी भइरहेको डीएसपी राय ले बताए । बैतडीको पुर्चौडीबाट जन्ती लिएर बझाङ फर्किँदै गरेको पवनदुत यातायातको सुपप्र ०२-००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको थियो ।







